१ श्रावण २०८३, शुक्रबार

जसपा नेपालको प्रचारप्रसार तथा प्रकाशन विभागको बैठकमा दुई जना केन्द्रीय पदाधिकारी चयन

एसीपी संवाददाता

१३ पुष २०८१, शनिबार १६:१२ मा प्रकाशित

जनता समाजवादी पार्टी, नेपालको प्रचारप्रसार तथा प्रकाशन विभागको बैठकले आज दुई जना केन्द्रीय पदाधिकारी चयन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र साहको उपस्थितिमा पूर्णबहादुर बस्नेत प्रमुख रहेको उक्त बैठकले उपप्रमुखमा शम्भु झा, सचिवमा देवबहादुर दुरालाई मनोनयन गरेको हो । जनकपुरमा सम्पन्न पार्टीको महाधिवेशन पछि प्रथम पटक बसेको प्रचार विभागको बैठकले प्रदेश, जिल्ला र पालिका स्तरमा प्रचार विभागको गतिविधिलाई अझ प्रभावकारी र व्यवस्थित गर्ने निर्णय गरेको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x