जसपा नेपालमा कम्युनिस्ट नेता पदम अर्याल प्रवेश
काठमाडौं – कम्युनिस्ट पार्टी मा रही आफ्नो राजनीतिलाई बिस्तार दिई रहनु भएका पदम अर्यालले जनता समाजवादी पार्टी नेपाल मा प्रवेश गर्नु भएको छ । लामोसमयसम्म कम्युनिस्ट आन्दोलन , कम्युनिस्ट बिचारधारा बोकेका अर्याल जसपा नेपाल प्रवेश गर्दा बाँके जिल्ला कार्यसमितिले धन्यवाद दिएको छ । जसपा नेपाल बाँके जिल्ला अध्यक्ष कौशल धोबीले प्रसन्नता ब्यक्त गर्दै अर्याल प्रती परिवारिक र गुरुजनलाई स्वागत गर्दै धन्यवाद दिएका छ्न । कम्युनिस्टको इतिहास बोकेका करिब ५ दशक देखि कम्युनिस्ट पार्टीमा रहि समाजसेवा गर्दै आउनु भएको हो । ,२०५४ सालमा नेकपा एमालेबाट निर्वाचित बांके जिल्लाको पुर्व मनिकापुर गा.बि.स अध्यक्ष तथा कुशल व्यबसायी पदम बहादुर अर्याल लाई केन्द्रिय कार्यालय बालकुमारीमा एक बिशेष कार्यक्रम बिच जसपा नेपालमा पार्टीका केन्द्रिय अध्यक्ष माननीय .उपेन्द्र यादब ,केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेशका ईन्चार्ज राम कुमार शर्मा ले पार्टीको सदस्यता प्रदान गर्नुको साथै खादा अबिर लगाएर स्वागत गर्नुभयो ।


