जसपा नेपाल निकट समाजवादी मुश्लिमको सचिवालय बैठक
काठमाडौं – जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी मुश्लिम संघको आज केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्यो । पार्टी महासचिव रामकुमार शर्मा, समाजवादी मुश्लिम संघका केन्द्रीय अध्यक्ष मौलाना नुरुलहोदा लगायतको उपस्थिति रहेको सो बैठकले समाजवादी मुश्लिम संघको प्रदेश स्तरीय अधिवेशन गर्ने निर्णय गरेको छ ।
समाजवादी मुश्लिम संघ प्रदेश १ को अधिवेशन सम्पन्न गराउन केन्द्रीय सदस्य अख्तर हुसेनलाई बैठकले जिम्मेबारी दिएको छ । मधेश प्रदेशको अधिवेशनको लागि संघका केन्द्रीय उपाध्यक्ष डा. मुजिम सिद्धीकीलाई जिम्मेबारी तोकिएको छ । बागमती प्रदेशको अधिवेशनको लागि मौलाना गुलजार साहब, मौलाना सनाउल्लाह साहब र महमत खुर्शेद आलम र सानिया बानोलाई जिम्मा दिईएको छ ।
संघको बैठकले रोजदिन अहमद सिद्धीकीलाई सचिवालय सदस्यमा चयन गरेको छ । त्यस्तै, संघका सचिव मंजारुल हक मियाँलाई जसपा नेपालको केन्द्रीय सदस्यमा मनोनितका लागि सिफारिस समेत गरेको छ ।



