२१ श्रावण २०८३, बिहीबार

चिनियाँ संस्थाकी मुख्य निर्देशक सोउ सिच्याङ अवैध रूपमा नेपाल बसेको पुष्टि भएसँगै डिपोर्ट

एसीपी संवाददाता

१८ माघ २०८०, बिहीबार ११:१४ मा प्रकाशित

चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ भिसाको म्याद थप नगरी नेपालमा रहेको पाइएपछि अध्यागमन ऐनअनुसार १५ हजार रुपैयाँ जरिवाना तोकेर उनी डिपोर्ट गरिएकी हुन् ।

अध्यागमन विभागले सोउ भिसा अवधिभन्दा बढी नेपालमा बसेको पाइएको भन्दै गत २८ मंसिरमा गृहमन्त्रालयलाई पत्र पठाएको थियो । विभागले कानुनअनुसार उक्त भिसा वर्षमा नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्नका लागि गृहमन्त्रालयलाई अनुरोध गरेको थियो ।

विभागको पत्रअनुसार गृह मन्त्रालयले निष्काशन गर्ने निर्णय गरेको थियो । मन्त्रालयले २ पुसमा चिनियाँ नागरिक सोउ भिसा नियमित नगरी ओभरस्टे भएको पाइएको भन्दै निष्कासन गर्ने निर्णय गरि पठाएको हो ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङले ‘यसरी ओभरस्टे गर्ने विदेशी नागरिकलाई अध्यागमन कार्यविधिअनुसार जारी भिसा वर्षभित्र नेपाल प्रवेश गर्न नपाउने गरी डिपोर्ट गर्ने गरिएको’ बताए ।

जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितलाई राहत सामग्री लिएर पुगेका बेला सोउमाथि २० मंसिरमा हातपात भएको थियो ।

सोही विषयलाई लिएर माओवादी केन्द्रले पार्टीका वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीलाई स्पष्टीकरण समेत सोधेको थियो । माओवादी केन्द्रको २८ पुसमा बसेको स्थायी समिति बैठकले सोधेको लिखित स्पष्टीकरणको केसीले ५ माघमा जवाफ लेखेको थिए ।

जवाफमा केसीले पार्टी महासचिव देव गुरुङमाथि शक्तिको दुरुपयोग गरी आफन्तको संस्थामार्फत राहत सामग्रीमा अनियमितता गरेको आरोप लगाउँदै पार्टी र सरकारले यस विषयमा छानबिन गर्नुपर्ने माग गरेका थिए। अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x