१२ मंसिर २०८३, शुक्रबार

जापानका प्रधानमन्त्रीको सभामा बम प्रहार

एसीपी संवाददाता

२ बैशाख २०८०, शनिबार ११:२९ मा प्रकाशित

जापानी प्रधानमन्त्री फुमियो किशिदाको सभामा विस्फोट भएको छ ।  जब प्रधानमन्त्री फुमियोले भाषण दिइरहेका थिए, त्यही समयमा स्मोक बम आक्रमण भएको थियो ।  प्रधानमन्त्रीलाई सुरक्षाकर्मीले सकुशल बाहिर निकालेका छन् ।  प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ ।

जापान टाइम्सका अनुसार प्रधानमन्त्री फुमियो किशिदाले वाकायामा सहरमा आफ्नो भाषण सुरु गर्नुअघि नै विस्फोट भएको हो।  स्मोक बम फालेपछि वरपर धुवाँको मुस्लो भएको थियो ।  घटनाको भिडियोमा घटनास्थलमा जम्मा भएका मानिसहरु सकुशल भाग्न दौडिरहेको देख्न सकिन्छ ।  यसैबीच सुरक्षाकर्मीले एक जनालाई पनि पक्राउ गरेको  हो ।  उनले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको समर्थनमा भाषण दिन लागेको बताइएको छ ।

जापानका प्रधानमन्त्रीको सुरक्षा व्यवस्था भारत र नेपालका प्रधानमन्त्रीको जस्तो छैन ।  जापानमा निकै कडा कानुन छ ।  त्यहाँ धेरै कम विदेशीहरू छन्।  सुरक्षित देशमा सुरक्षाको खाँचो छैन तर सिन्जो आबेमाथि हमला भएपछि प्रहरीले यसबारे समीक्षा गरेको थियो र यसअघि सुरक्षा व्यवस्था कडा पारिएको थियो तर अहिले जापानी प्रहरीले फेरि एकपटक वर्तमान प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छ । विष्फोटका सम्बन्धमा सुरक्षा व्यवस्थाको समीक्षा गर्नुपर्ने भएकोले आगामी दिनमा हिरोसिमा सहरमा पनि G7 को तयारी भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x