९ मंसिर २०८३, मंगलवार
जापानमा ७.४ म्याग्निच्युडको भूकम्प , सुनामी आउने खतरा
जापानमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

समाचार एजेन्सी रोयटर्सले जापानको सार्वजनिक प्रसारक एनएचकेलाई उद्धृत गर्दै जापानमा सोमबार ७.४ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि सुनामी आएको बताएको छ भने जापानको इशिकावा प्रिफेक्चरको वाजिमा सहरमा १.२ मिटरको सुनामीको लहर उठेको छ । जापानस्थित भारतीय दूतावासले सोमबार (जनवरी १) गएको शक्तिशाली भूकम्पपछि देशमा अलपत्र परेका भारतीय नागरिकका लागि आपतकालीन नम्बर जारी गरेको छ । यसबाहेक दूतावासले आपतकालीन नियन्त्रण कक्ष पनि स्थापना गरेको छ । सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्टमा र इमेल आईडीमा सम्पर्क गर्न सकिन्छ।
Subscribe
Login
0 Comments


