३२ असार २०८३, बिहीबार

जापान बाट २ जना नेपाली नागरिक निष्कासन किन ?

एसीपी संवाददाता

२५ फाल्गुन २०८१, आईतवार १४:३९ मा प्रकाशित

काठमाडौं : जापानको अध्यागमनले दुई जना नेपालीलाई निष्कासन गरेको छ। जापानको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासनमा पर्नेमा पुन र भुजेल रहेको स्रोतले बताएको छ। उनीहरू गत साता काठमाडौं आइपुगेको स्रोतको भनाइ छ।

अमेरिकामा मात्र नभई जापान, दक्षिण कोरिया, स्पेन, जर्मनी, ब्राजिल, मलेसिया, दुवई लगायतका मुलुकहरुले गैरकानुनी रूपमा आएका आप्रवासीलाई निष्कासन गरेका छन्। त्यसको मारमा नेपालीहरु पनि पर्न थालेका हुन्। पुन भिसाको म्याद सकिएपश्चात पनि काम गरिरहेका थिए। भुजेल चाहिँ भिसाको दूरुपयोग गरिरहेको अवस्थामा पक्राउ परेको जनाइएको छ। यद्यपि उनले कसरी दुरुपयोग गरे भन्ने खुलाइएको छैन। उनीहरूलाई कोरियन एयरलायन्स र थाइ एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो।

पछिल्लो समय जापानले पनि अवैधरूपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ। विभिन्न प्रवेशाज्ञामा जापान पुगेका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरू समेत त्यसको मारमा पर्न थालेका हुन्।

फागुनको दोस्रो साता जापानको अध्यागमनले चार नेपाली र फागुनको पहिलो साता पनि पाँच जना नेपालीलाई जापानले निष्कासन गरेको थियो। निष्कासित हुनेमा मगर, थापामगर, तामाङ, गौचन, चेम्जोङ, विष्ट, राजभाट, बस्याल र पौडेल थरका एक/एक जना रहेका थिए। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x