१३ आश्विन २०८३, मंगलवार

नेपालगन्जमा बृहत दलित मुक्ति अभियान आमसभा , र्‍याली

एसीपी संवाददाता

३० चैत्र २०७७, सोमबार १५:०९ मा प्रकाशित

श्याम कुमार शाहु । अहिले देशमा जारी जातीय द्वन्दका बेला राष्ट्रिय दलित मुक्ति जागरण अभियानले नेपालगन्ज बृहत र्‍याली प्रदर्शन गरेको छ । आज विभिन्न जिल्लाबाट दलित नेता , समाजिक कार्यकर्ता , राजनीतिक अगुवा , सङ्ह सस्थामा आबद्ध दलित अगुवाहरुको उपस्तिथिमा बृहत् आम सभा समप्न्न गरेको छ । बिरोध कार्यक्रममा दलितहरु सङ भेदभाव बन्द गर , हाम्रो अधिकार सुनिश्चित गर , सम्झौता कार्यान्वयन गर , भेदभावको अन्त गर , भन्दै नारा जुलुस गरेका थिए । जेठ १० गते राजधानीमा जाजरकोटमा भएको हिंसाको सम्झानामा बृहत् आमसभा गर्ने तयारी भैइ रहेको बताउनु भयो । दलित सङको भेदभाव अन्त न भए सम्म देश बिकास न हुने , पटक – पटक नेपाल सरकारले दलित उनमुक्ती अभियान शुरु गरे पनि त्यो कागजमा मात्र सिमित रहेको छ । सच्चिकै अधिकार दिने नियत भए देश दलितहरु सङ भैइ रहेको , हत्या हिंसा , अन्त हुनु पर्ने बताए । कार्यक्रममा पुर्ब एमाले सासद मन्त्री बहारदुर सुनार , कल्पना नेपाली , सहितका नेताहरुको सहभागीता रहेको थियोे । देशमा जातिय छुवाछूतको अन्त नभए सम्म समृद्ध नेपालको कल्पना गर्न न सकिने बताए । आजका दिन सम्म हाम्रा अग्रज आमा बुवाहरु भोगेका पिडा अब आउने पुस्ताहरुलाई भोग्न न परोस भनी हामीहरु अहिले नै सचेत हुन जरुरी रहेको छ । आजको आमसभामा बाके , बर्दिया , दाङ , सुर्खेत सहित स्थान बाट दलित अगुवाहरुको सहभागीता रहेको थियो । अहिले नेपालगन्ज यो राष्ट्रिय दलित मुक्तिको अभियान आई पुगेका मुख्य उदेश्य तराईका दलित पहाडका दलित एकता भएर सङ्हर्स गर्म जरुरी रहेको छ । जसरी अहिले तराई दलित अलग हुन पहाडीया दलित अलग हुन राजनीतिक गरिदै त्यो चल्ने वाला सम्पुर्ण दलित एकताका साथ आन्दोलन गर्न जरुरी रहेको छ । अब पनि सरकारले हाम्रो माङ बेवास्ता गरेमा हामी कडा कदम चाल्न बाध्य हुने बताए । १४ बर्स द्वन्दकालको आन्दोलनका बेला पनि दलित मुक्ति मोर्चालाई अश्वावसन दिइयो तर अन्त कोई पनि दलित परिवारले राजनीतिक पहुच , शिक्षा पहुच , नौकरीमा अहिले पनि सहि रूपमा स्थान न पाएको बताए । महिलाहरु अधिकार झन पुरुष भन्दा पनि कम्जोर रहेको छ । पुरुषले नै विभेद भोगी रहेको बेला दलित महिलाहरुको अवस्था अझै दयनीय रहेको छ । दलितले सिलाएको जुत्ता लगाउन हुने , दमाईले सिलेको लुगा लगाउने , सुनारले बनाएको सुन लाउन हुने तर त्यो समुदायलाई बहिस्कार गर्ने यो कहाको न्याय हो । अब यो सङ्हर्स प्रदेश लुम्बिनीमा मात्र नभैइ देश भर यो अभियान चलिरहेको छ । जाजरकोट जस्तो थप घटना न पावोस भनी हामी दलित युवाहरूलाई सचेत हुन जरुरी रहेको वक्ताहरुले बताए ।अभियानका संयोजक खगेन्द्र सुनारले दलित समुदायको मुक्तिको लागि सडकमा उत्रिनु पर्ने अवस्था आएको बताए

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x