४ श्रावण २०८३, सोमबार

झापामा पनि राजा आउ देश बचाउ

एसीपी संवाददाता

२० मंसिर २०७७, शनिबार १८:१० मा प्रकाशित

जनआन्दोलनको झल्को दिनेगरी झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको माग गर्दै शक्ति प्रदर्शन गरेको छ ।

२४० वर्ष लामो राजतन्त्र नेपालबाट हटेको १२ वर्षपछि देशभर नै राजतन्त्रको पक्षमा शक्ति प्रदर्शन गरिँदै आएको छ ।

यसैक्रममा झापाको काँकडभिट्टाबाट बिर्तामोडसम्म हजारौंको सहभागितामा राप्रपाले राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।

काँकटभिट्टाबाट सुरु भएको र्‍याली बिर्तामोडमा आएर कोणसभामा परिणत भएको थियो ।

सभामा राप्रपाका नेताद्वय राम थापा र राजेन्द्र लिङ्देनले सम्बोधन गरेका थिए ।

बिर्तामोडस्थित मुक्तिचोकमा सम्बोधन गर्दै नेता लिङ्देनले राजसंस्था अहिले अपरिहार्य भएको भन्दै संघीयता खारेज गरेर बलियो स्थानीय तह बनाउनुपर्ने धारणा राख्नुभयो ।

काँकडभिट्टामा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यापर्ण गर्दै सुरु गरिएको र्‍यालीमा राप्रपामात्र नभई अन्य पार्टीका नेता तथा कार्यकर्तासमेत स्वतःस्फूर्त सहभागी थिए । इमेजखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x