२ श्रावण २०८३, शनिबार

टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त

एसीपी संवाददाता

१४ कार्तिक २०७७, शुक्रबार १७:१२ मा प्रकाशित

शुक्रबारबाट यस वर्षको दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न भएको छ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा शुक्रबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाइन्छ । विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त भएको छ । त्यस्तै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगि विसर्जन गरिएको छ । कोजाग्रत पूर्णिमाको साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउने धार्मिक विश्वास रहेको छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व रहेको छ । कोजाग्रत पूर्णिमा शुक्रबार परे पनि पूर्णिमा व्रत भने शनिबार रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस्तै दसैँ सम्पन्न भई नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार शुरु भएको मानिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x