१ श्रावण २०८३, शुक्रबार

ठुलो परिणामको चरेश सहित एक जना महिला पक्राउ

एसीपी संवाददाता

९ आश्विन २०८१, बुधबार ०९:०० मा प्रकाशित

नेपालगञ्ज : ठुलो परिमाणको चरेशसहित नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहामा एक जना नेपाली महिला पक्राउ परेकी छन् । ५ किलो चरेशसहित रुकुमको काँक्रे निवासी ३५ वर्षीया रेखा बुढा पक्राउ परेकी हुन् ।

रुपईडिहास्थित एसएसबी ४२औं वाहिनीका नि.जीडी सत्येन्द्रकुमार सिँह नेतृत्वको टोली र रुपईडिहा थानका इञ्चार्ज शमशेरबहादुर सिँहको नेतृत्वमा रहेको टोलीले संयुक्तरुपमा जाँच गर्दा बुढाको साथबाट उक्त परिमाणको चरेश फेला परेको हो ।

उक्त चरेशको अन्तर्राष्ट्रिय बजारमा करिब डेढ करोड कीमत रहेको भारतीय प्रहरीले जनाएको छ । पक्राउ परेकी बुढालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत बहराइच चलान गरिएको भारतीय प्रहरीलाई उद्धृत गर्दै रुपईडिहाबाट पत्रकार रामजी सोनीले जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x