४ श्रावण २०८३, सोमबार

ठुलो परिमाणको गाँँजासहित एक जना प्रहरी नियन्त्रणमा

एसीपी संवाददाता

१७ मंसिर २०७७, बुधबार १७:२४ मा प्रकाशित

बाँकेको नरैनापुर गाउँपालिकाबाट ठुलो परिमाणमा गाँँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय भगवानपुका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमको कमान्डसहित गएको ईलाका प्रहरी कार्यालय नरैनापुरका प्रहरी नायब निरीक्षक श्याम अर्यालको संंयुक्त टोलीले गाउँपालिकाको वडा नम्बर ४ जयरापुर्वाबाट ३० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ। गाँजासहित पक्राउ पर्नेमा वडा नम्बर ४ जयरापुर्वाकै धनीराम यादब रहेका छन् ।

बिशेष सुचनाका आधारमा प्रहरीको टोलीले यादबलाई बुधबार साँझ ६ बजे गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक गौतमले जानकारी दिएका छन् ।

पक्राउ परेका यादबसँग थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x