१६ आश्विन २०८३, शुक्रबार
ठुलो संख्यामा घर फर्किदै

बाँकेमा ठुलो संख्यामा कोरोना संक्रमित निको भई बुधवार घर फर्किदै छन् । आज ७७ जना कोरोनामुक्त भई डिस्चार्ज हुने भएका छन् । भेरी अस्पताल नेपालगञ्जका एक डाक्टर, नर्स र कोहलपुरस्थित कौशिल्यानगर व्यारेकका ५१ जना नेपाली सेनासहित ७७ डिस्चार्ज भएका हुन् । उनीहरु १४ दिने आइसोलेशनको बसाईपछि बुधवार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जारी गरेको प्रेस नोट जनाएका छन् । उनीहरुमा भदौ १० गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ । हाल जिल्लाका विभिन्न आइसोलेशनमा ३ सय ५० जना रहेका छन् । कोरोना संक्रमणबाट बाँकेमा ८ जनाको मृत्यु भइसकेको छ ।
Subscribe
Login
0 Comments


