ठूलो परिमाणको ब्राउन सुगरसहित एकजना महिला जमुनाह नाकाबाट पक्राउ

ठूलो परिमाणको ब्राउन सुगरसहित एकजना महिला जमुनाह नाकाबाट पक्राउ परेकी छन् । नेपालगन्ज उपमहानगरपालिका–३ रानीतलाउ बस्ने २४ की सजना देवी पटहर पक्राउ परेको बाँके प्रहरीले जनाएको छ । जमुनाह प्रहरी, लागु औषध व्यूरोलगायतको टीमले हरियो कलरको ब्यागमा राखेको ५० ग्राम ब्राउन सुगरसहित पटहरलाई पक्राउ गरेको हो । पटहरलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध ब्यूरो नेपालगञ्जको संयुक्त टोलीले जमुनाह नाकाबाट ५० ग्राम ब्राउन सुगरसहित महिलालाई नियन्त्रणमा लिएको हो । नेपालगंज वडा नम्बर ३ बस्ने २८ वर्षिया सन्जनादेवी पटहरलाई प्रहरीको संयुक्त टोलीले सोमबार राती ८ बजे सो परिमाणको ब्राउन सुगर बोकेर भारतीय सीमावर्ती बजार रुपैडिहाबाट नेपाल तर्फ आउदै गरेको बेलामा जमुनाह प्रहरीले नियन्त्रण लिएको प्रहरी नायब निरिक्षक विष्णु गिरिले जानकारी दिनु भयो ।

अहिले जमुनाह ईलाकामा कार्यरत रहेका प्रहरी निकै सक्रिय देखिएका छन् । । पक्राउ परेको पटहरलाई भारतको रुपैडिहाबाट कहाँ कसलाई सप्लाई दिने भन्ने बारेमा अनुसन्धान अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहबाट कोरोना महामारीको बीचमा गरिएको लकडाउनको अवधिमा सबैभन्दा बढी परिमाणको लागू औषध ब्राउन सुगर नियन्त्रणमा लिएको ईन्चार्ज गिरिले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवाश खड्काले ५० ग्राम लागू औषध ब्राउन सुगरसहित प्रहरी नियन्त्रणमा परेकी पटहरमाथि आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिए ।



