३० श्रावण २०८३, शनिबार

डल्फिन फिड कैलाली र रूकुम पश्चिम भलिबल प्रतियोगिताको फाइनलमा

एसीपी संवाददाता

१८ फाल्गुन २०७७, मंगलवार १९:०६ मा प्रकाशित

डल्फिन फिड कैलाली र रूकुम पश्चिम तुलसीपुरमा जारी खुला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्।

नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा जारी  प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो सेमिफाइनलमा पिवाईसी रुकुमलाई २५–२०,२५–१६ र २५–१० अर्थात ३–० को सोझो सेटमा पराजित गर्दै डल्फिन फिड कैलालीले फाईनल यात्रा तय गरेको हो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा हिरा डाँगी फाउन्डेसन तुलसीपुरलाई २५–१७,२५–१९ र २५–१८ अर्थात ३–० को सोझो सेटमा हराउँदै पश्चिम रुकुमले फाईनलको यात्रा निश्चित गरेको हो। 

उपाधी होडमा रहेका दुबै टिममा राष्ट्रिय खेलाडिको वर्चस्व छ। 

बुधवार दिउँसो २ बजे अरनिकोमा हुने फाईनल खेल कडा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। 

प्रतियोगिता मुल समितिका संयोजक एवं नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्रबहादुर चन्दले खेलमा उत्साह थप्नका लागि दर्शकहरुलाई निम्ता गरेका छन्।  चन्द सरकारद्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिवका सहोदर दाजु हुन । 

त्यसअघि तेस्रो स्थानका बुधबार बिहान ८ बजे हिरा डाँगी फाउन्डेसन तुलसीपुर र पिवाईसी रुकुमका बीचमा प्रतिपर्धा हुने भएको छ। 

त्यसपछि आयोजक र प्रतियोगिता समापन समारोहका अतिथिका बीच बिहान १० बजे खसी बाजी प्रतियोगिता हुने महासंघका महासचिव बिनोद चन्दले जानकारी दिए।

फागुन १५ गतेदेखि सुरु भएको प्रतियोगिता चार दिनपछि फागुन १९ मा समापन हुँदैछ।

प्रतियोगितमा  १२ टिमको सहभागिता थियो। 

प्रतियोगिताको बिजेता,उपबिजेता, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः एक लाख, ५० हजार , २५ हजार र १५ हजार  कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।सेतोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x