२ श्रावण २०८३, शनिबार

डा.केसीको जीवन रक्षाको माग गर्दै नेपाल बार एसोसिएसनको विज्ञप्ति

एसीपी संवाददाता

२० आश्विन २०७७, मंगलवार ०९:११ मा प्रकाशित

नेपाल बार एसोसिएसनले डा. गोविन्द केसीको जीवन रक्षाका निम्ति सबै किसिमका उपायहरु अवलम्बन गर्न सरकारसँग माग गरेको छ ।

बारको मानव अधिकार तथा जनसरोकार समितिले मंगलबार एक विज्ञप्ति जारी गरी ‘नागरिकको जीवन रक्षा राज्यको परम कर्तव्य हुने’ भन्दै डा. केसीको जीवन रक्षाका लागि तत्काल पहल थाल्न सरकारसँग माग गरेको हो ।
२३ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै बारले उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक हुँदासमेत मागहरु सम्बोधन गर्न सरकार उदासीन भएको भन्दै संयोजक सुनिल पोखरेलले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
कर्णालीमा मेडिकल कलेज स्थापनालगायतका माग सम्बोधन गर्नुपर्ने भन्दै बारले केदारभक्त माथेमा नेतृत्वको कार्यदलले दिएको सुझावहरु पनि कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ
आधारभूत शिक्षा र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएकाले केसीसँग विगतमा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न पनि बारको मानव अधिकार समितिले ध्यानाकर्षण गराएको छ । इकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x