१४ भाद्र २०८३, आईतवार

डेढ किलो कोकिनसहित महिला रुबिना पक्राउ, तस्करीकै लागि बोकेकी थिइन् विशेष झोला

एसीपी संवाददाता

१७ श्रावण २०८२, शुक्रबार ११:५६ मा प्रकाशित

काठमाडौं । प्रहरीले डेढ किलो कोकिनसहित एकजना भारतीय नागरिकलाई विमानस्थलमा पक्राउ गरेको छ ।

महिलाको गतिविधि शंकास्पद लागेपछि विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३५ वर्षीया महिला रुबिना अब्दुल्लाह शेख छिन् ।

ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार, उनले ह्याण्ड ब्यागलाई प्लास्टिकको ट्यूब बनाएर कोकिन लुकाएर ल्याएको भेटिएको छ । ‘कोकिन तस्करीकै लागि त्यो ब्याग डिजाइन गरिएको जस्तो देखिन्छ’, उनी भन्छन्, ‘उनलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा कोकिन लिन आएका अर्का भारतीय नागरिक समेत पक्राउ परेका छन् ।’

लागूऔषध लिन आएका बेला पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय अरुणप्रताप छन् ।

प्रहरीले ती उनलाई बुधबार पक्राउ गरेको थियो । दुवै जनाविरुद्ध विस्तृत अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद थप गरेको छ ।

यसैबीच, प्रहरीले नागार्जुन नगरपालिका–३, इचंगुनारायणबाट समेत कोकिन कारोबारमा संलगन रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इरिट्रेरियन नागरिक ३७ वर्षीय युसुफ एटोम र रसियन नागरिक ४४ वर्षीय एन्ड्रिई मल्सेभ छन् ।

प्रहरीले शंकास्पद अवस्थामा फेला पारेर पहिले अटमलाई समातेको थियो । त्यसपछि उनी बसेको होटल कोठाबाट रसियन नागरिक समेत पक्राउ परेका थिए ।

थप अनुसन्धान भइरहेको छ । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x