१ श्रावण २०८३, शुक्रबार

अदालतको आदेशपछि जमुनाह नाका हुँदै तरकारी तथा फलफुलजन्य बस्तुको आयात शुरु

एसीपी संवाददाता

१३ आश्विन २०७७, मंगलवार १४:१९ मा प्रकाशित


नेपालगन्ज १३, असोज । मंगलबारदेखि जमुनाह नाका हुदै तरकारी तथा फलफुलजन्य बस्तुहरुको आयात शुरु भएको छ ।
नेपालगंजमा रहेको उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासको निर्णयपछि आयात शुरु भएको हो । बिश्व भरी फैलिएको कोरोना महामारीका कारण बिभिन्न देशहरु लकडाउन गरिएको थियो भने नेपाल र भारतमा लकडाउनका साथै सिमानाकाहरु बन्द हुदाँ बिभिन्न सामानहरुको आयात बन्द गरिएको थियो ।

नेपालमा कोरोना महामारी बढि रहेको बेला भारतबाट आयात गरिने तरकारी तथा फलफुल आयातमाथी समेत प्रतिबन्ध लगाईएको थियो । अहिले दशै तिहारको बेला र कोरोना महामारी न्यूनिकरण हुदै जाँदा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले मंगलबार तरकारी तथा फलफुलजन्य बस्तुहरुको आयातमा सहजता बनाएको नेपालगंज भन्सार कार्यालय बाँकेले जनाएको छ ।

तरकारीको आयातमा रोक लाग्दा यहाँका सर्बसाधारणहरुले चर्को मूल्य तिरेर तरकारी र फलफुल खरिद गर्नुपर्ने बाध्यता रहेको थियो । अदालतको निर्णयसंगै सहज रुपमा तरकारी र फलफुल आउन थालेपछि ती बस्तुको मूल्यमा कमी आउने बिश्वास गरिएको छ । ईलाका प्रहरी जमुनाहका प्रमुख प्रहरी नायब निरिक्षक बिष्णु गिरीले अदालतको निर्णयपछि जमुनाह नाका हुदैं भारतबाट निर्बाध रुपमा तरकारी र फलफुल आयात भईरहेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x