३२ असार २०८३, बिहीबार
तालिवानविरुद्ध पाकिस्तानी सेनाले गरेको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु
पेशावर । अफगानिस्तानसँग सीमा जोडिएको उत्तरी प्रान्त खैबर पख्तुनख्वामा तालिवानविरुद्ध पाकिस्तानी सेनाले गरेको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु भएको एक प्रहरी अधिकारीले जानकारी दिएका छन्।
अधिकारीले शुक्रबार राति पाकिस्तानी तालिबानलाई लक्षित गरी ‘तीन ड्रोन आक्रमणमा’ गरिएको बताए ।“हामीले आज बिहान मात्रै थाहा पायौँ कि पीडितमा दुई महिला र तीन बालबालिका छन् ।”
उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा ‘सशस्त्र तालिवान’ विरुद्धको सुरक्षा कारबाहीका क्रममा सशस्त्र लडाकू समूहको आक्रमणमा परी सात सैनिकको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जनाएको छ ।
Subscribe
Login
0 Comments



