२ श्रावण २०८३, शनिबार

तिहार सक्किने बित्तिकै नेपालीहरु भारत तर्फ पलायन हुदै एकै दिन ३ हजार बढी सिमापार

एसीपी संवाददाता

७ मंसिर २०७७, आईतवार ०४:२३ मा प्रकाशित

चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण नेपाल भारतसीमा नाका अहिलेपनि सील अवस्थामा रहेको छ । तर रोजगारीका शिलशिला र काम विशेषले भारत गएकाहरु यो अवधिमा ठूलो संख्यामा फर्किएको तथ्यांक जमुनाह प्रहरीसँग छ ।

ईलाका प्रहरी कार्यालय जमुनाह बाकेका जमुनाह इन्चार्ज विष्णु गिरीका अनुसार, लकडाउनदेखि अहिलेसम्म एक लाख भन्दा बढी मानिसहरु भारतबाट फर्किएका छन् । त्यस्तै नेपालबाट भारत पस्नेको संख्या पनि ठूलो छ । सुरु सुरुमा नेपाल आउनेको संख्या धेरै थियो भने अहिले भारत जानेको नाकामा लर्को देख्न सकिन्छ । लामो समयसम्म लकडाउन हुँदा रोजीरोटी नै धरापमा परेपछि जोखिम मोलेरै भारत जानेको संख्या बढेको हो । शनिबार नाकाबाट तीन हजार भन्दा बढीको संख्यामा नेपालीहरु रोजगारीका लागि भारततिर गएको जमुनाह इन्चार्ज गिरिले जानकारी दिनुभयो ।

नाकाको व्यवस्थापन र अवस्थाबारे बाँकेका सिडिओ रामबहादुर कुरुम्वांगको नेतृत्वमा नाका पुगेको उच्च अधिकारीको टोलीलाई नाकामा हुने भिडभाड व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ ।

प्रमुख जिल्ला अधिकारि कुरुम्वांग, बाँकेका जिल्ला प्रहरी कार्यालय बाकेका एसपी ओमबहादुर राना, सशस्त्र प्रहरीका एसपी, अनुसन्धानका एसपीलगायतको टोलीले केहीबेर नाकामा चेकजाँचमा आफै खटिएका थिए । अत्यावश्यक काम बाहेक बाहिरिन र भित्रिन नदिन माथिल्लो सुरक्षा अधिकारीहरुले मातहतलाई निर्देशन दिएको थियो ।

भारतबाट आउने व्यक्तिहरुको सहि पहिचान गरेरमात्र आउन दिने व्यवस्था मिलाउन टोलीले निर्देशन दिएको बुझिएको छ ।

इट्टाभट्टामा कार्यरत मजदुरहरुलाई सम्वन्धित व्यक्तिको जिम्मामा आउन दिन टोलीको सुझाव छ ।

यस्तै भारतीय एसएसवीले भने आउजाउमा सहज बनाएको जनाएको छ । प्राइभेट सवारीसाधन आउजाउमा रोक लगाएपनि अन्य सर्वसाधरणलाई किनमेलमा भने सहज आउजाउ गर्न दिएको एसएसवीले बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x