तीन जना पुर्ब प्रधानमन्त्री माइतीघर मण्डलामा पलेटी मारेर बसे पछि
तीन पूर्वप्रधानमन्त्रीहरू, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल शुक्रबार माइतीघर मण्डलामा पलेटी मारेर बसेको तस्वीरले धेरैको ध्यान खिच्यो । पाँच वर्षलाई स्थिर सरकारको जनमत प्राप्त दलका शीर्षनेताहरु सडकमा पलेटी मार्न पुग्नुले अहिलेको राजनीतिक संकटबारे त प्रष्ट पारेको छ नै, सँगै आगामी राजनीतिक घटनाक्रम कसरी बढ्ला भन्ने पनि थोरै संकेत दिएको छ ।
‘हामी यहाँ छौं’ लेखिएका प्लेकार्डसहित पलेटी मारेर प्रचण्ड र माधव समूहले दिन खोजेको सन्देश भने दुईवटा छन्- संसद पुनस्र्थापनाका लागि दबाव सिर्जना गर्ने । र, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता आफूले लिने ।
मुल ४४५ मध्ये २९५ केन्द्रीय सदस्य र सांसदहरुको हस्ताक्षर पत्रसहित निर्वाचन आयोगमा पुगेर प्रचण्ड र माधव नेपालले निर्वाचन आयुक्तहरुसँग आफूहरु नै नेकपा भएको दाबी गरे । प्रचण्डले विगतका नजीर र निर्णयहरु सुनाउँदै भने, ‘स-शरीर आउनुपर्ने हो भने पनि स-शरीर आउँछौं । पार्टी एकतापछि बनेको केन्द्रीय कमिटीको दुईतिहाइ हामीसँग छ ।’ अनलाइनखबर बाट


