१२ असार २०८३, शुक्रबार

त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच खेल हुने

एसीपी संवाददाता

१८ फाल्गुन २०७७, मंगलवार १९:१० मा प्रकाशित

काठमाडौं मेयर कपको खेल तालिका सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिताको पहिलो दिन फागुन २२ मा दुई खेल हुनेछन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच खेल हुनेछ। सोहि दिन मुलपानी मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ।

दोस्रो दिन त्रिवि मैदानमा एपिएफ र नेपाल पुलिस भिड्दा मुलापानीमा काठमाडौं मेयर ११ र बागमती भिड्नेछन्। 

प्रतियोगितामा गत महिना भएको प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेका आर्मी, एपिएफ, पुलिस र बागमतीसहित काठमाडौं महानगरपालिकाको काठमाडौै मेयर ११  गरी पाँच टिमबीच प्रतिस्पर्धा हुन लागेको हो। 

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको अंक तालिकाको शीर्ष दुई टिमबीच फागुन २९ मा फाइनल खेल हुनेछ। 

प्रतियोगिता सञ्चालन गर्नका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख रुपैयाँ प्रदान गरेको थियो।सेतोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x