२ श्रावण २०८३, शनिबार
थप एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु
थप एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा शनिवार दिउँसो गेरुवा १ का ३५ बर्षीय पुरुषको मृत्यु छ ।
बर्दियाको गेरुवा गाउँपालिका १ का ३५ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरबाट थप उपचारका लागि नेपालगन्ज ल्याउँदै गर्दा दिउँसो सवा १२ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि आज विहान साढे ७ बजे उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको कोभिडको आशंकामा विहान ८ बजे स्वाब लिइएको थियो । मृत्युपछि दिउँसो ३ बजे उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । यो संगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
Subscribe
Login
0 Comments


