११ मंसिर २०८३, बिहीबार

थप ४१ जनामा भाइरस संक्रमण

एसीपी संवाददाता

१५ भाद्र २०७७, सोमबार १४:०१ मा प्रकाशित

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४१ जनामा भाइरस संक्रमण देखिएको छ ।
६ सय ६९ नमुना परीक्षण गर्दा सात जना स्वास्थ्यकर्मीसहित ४१ जनामा भाइरस संक्रमण देखिएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सातजना स्वास्थ्यकर्मीमा भाइरस संक्रमण देखिएको अस्पतालका उपनिर्देशक डा.दिनेश श्रेष्ठले बताउनुभयो । केही विरामी र उनीहरुका आफन्तमा पनि भाइरस संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । सोमवार थप भएका संक्रमितहरुमा कोहलपुर नगरपालिकाका १७, नेपालगन्ज उपमहानगरपालिकाका ९, खजुरा र गाउँपालिकाका ६ छन् । यसअघि बाँकेमा संक्रमितको संख्या एक हजार २ पुगेको छ । संक्रमित मध्ये सात सय ३० जना उपचारपछि घर फर्किसकेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x