४ श्रावण २०८३, सोमबार

थारुहरुको हक अधिकारका लागि कैलालीको टिकापुरमा २० गते बृहत बिरोधसभा गर्न टिम परिचालन

एसीपी संवाददाता

१७ मंसिर २०७७, बुधबार ०५:२९ मा प्रकाशित

कैलालीको टिकापुरमा थारु कल्याण करिनी सभा तथा थरुहट थारुवान मोर्चाको सयुक्त बैठकले यहि २० गते विभिन्न आन्दोलनको तयारी गर्ने भएको छ । मोर्चाले बिभिन्न स्थानबाट बृहत आम सभाको आयोजना गर्न भनी उप समिती चयन गरेको हो । कैलालीबाट टिकापुर सम्म मास परिचालनको संयोजनमा गोबिन्द चौधरी र गोटु चौधरी रहेको मोर्चाले जनाएको छ । साथै सयुक्त भेलाले उक्त आमसभालाई सम्पन्न गर्न उक्त स्थानका स्थानीयहरुलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेको हो । उक्त बिरोधसभालाई सफलता पुर्बक सम्पन्न गर्न प्रदेश सासदहरु सङ समन्वय गर्न मोर्चाले मालामती रानालाइ जिम्मेवारी दिएको हो । साथै उक्त बिरोध सभालाई सफल पार्न भनी कंचनपुरबाट प्रेम वति रानालाई समन्वयको जिम्मेवारी दिएको हो । थारुहरुको हकअधिकारका लागि गरिने आमसभाको सफलताका सम्पुर्ण छेत्रबाट सहभागिता जनाउन अनुरोध गरेको छ । सयुक्त हुने बृहत आमसभा विभिन्न अलग अलग स्थानबाट सयोजकको जिम्मेवारी दिएको छ । भेलाका अध्यक्षता कैलालीबाट माधव चौधरीको रहेको थियोे । बैठकमा ,थरुहट थारुवान मोर्चाका केन्द्रिय सयोजक लक्ष्मण थारु , प्रदेश सासद मालामती राना थारु , मोर्चा केन्द्रिय सदस्य प्रेम वति रानाथारु, जसपाका गोबिन्द चौधरी , मोर्चा केन्द्रिय सदस्य फोतिराम चौधरी , जसपाका निर्मला रिजाल , मोर्चाका जिल्ला सदस्य गोदु राम चौधरी , महिला मोर्चा केन्द्रिय सयोजक प्रेमा चौधरी , मोर्चा जिल्ला सदस्य प्रभात कुमार चौधरी ,जसपाका गया प्रसाद कुस्मी धनगढीका उन्नति चौधरी , मोर्चा इन्चार्ज कैलाली कंचनपुरका खडक चौधरी लगाएतको उपस्थितिमा बृहत बिरोधसभा गर्ने तयारी भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x