समृद्धि खबर डटकम
सुबिन राज सेर्पाली
चैत्र १७ दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित मधुभबन होटेलको सभाहलमा दलितका लागि दलित आन्दोलन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम दलितका लागि दलित आन्दोलनका दाङ जिल्ला संयोजक केशव नेपालिको अध्यक्षतामा केन्द्रिय संयोजक खगेन्द्र सुनारको प्रमुख आतिथ्यमा भएको थियो।बिशिस्ट अतिथि मुक्ति समाजका केन्द्रिय सदस्य निर्मला बिक बङ्गलाचुली गाउपालिका कार्यपालिका सदस्य गणेश बिस्वकर्मा लगायत अन्य अतिथिहरुको थियो।
कार्यक्रममा स्वागतम मन्तव्य राख्दै दाङ जिल्लाको शसक्त महिला राजनीतिककर्मी ,दलित अधिकारकर्मी निर्मला बिकले दलित आन्दोलन हरेक पार्टीमा रहेको तर सार्थक परिणाम दिन नसकेको बताउनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि खगेन्द्र सुनारले आफ्नो भनाई राख्नुहुदै दलितका लागि दलित आन्दोलन ठुलो सागरको लडाईमा हामी तैरिनुपर्ने छ।भन्दै बिगत ३५ महिनादेखी उत्साहित युवाहरुको तिम निरन्तर मुक्तिको लडाईमा कृयाशिल छौ भन्दै सबैले साथ दिन आग्रह गर्नुभएको थियो ।
रुकुम पश्चिम सोति हत्याकाण्ड लगतै बाट जागेको यो अभियान निरन्तर नया ढंगले अगाडि बढिरहेको छ।बिगत ५ बर्षदेखी टिचिङ अस्पतामा अजित मिजारको लास बरफ बनेर बसेको छ ।अजित मिजारको आमा रुदै आफ्नो लुङ्गिले आँसु पुछ्दै गर्दा हाम्रो आखामा पनि आँसु झर्ने कि नझर्ने भनी गम्भीर प्रश्न गर्नुभएको छ।
आत्मा सम्मानका लागि अब एकपटक लागौं ,काङ्ग्रेस पछि बनौला ,माओवादी पछि बनौला ,एमाले पछि बनौला तर पहिला हाम्रो दिदिबहिनी बलात्कार गर्ने ,विभेद गर्ने ,छुवाछूत गर्ने त्यस्ता अप्राधिलाई कार्बाही गर्ने बुवा बनौं ,दलितका लागि आवाज बुलन्द गर्ने हिम्मत गरौं तबमात्र हामी सबै बनौं ,भन्दै कडा रुपमा आफ्नो भनाई राख्नुभएको थियोे । आजको अन्तरक्रिया कार्यक्रम संचालक दाङ्ग जिल्ला महासचिव शुसील परियारले गर्नु भएको थियो ।
आजै नव सेना गठन भएको छ नव सेनाको दाङ जिल्ला गोकर्ण नेपालिको संयोजकत्वमा १९ जनाको जिल्ला नव सेना गठन भएको छ ।
१)आशिष् बिरही , बिकस चौधरी ,भरत सार्की ,सागर नेपाली ,विशाल नेपाली ,सरद नेपाली,अजय नेपाली ,शिव नेपाली,अनिल नेपाली ,जीवन बादी ,रबिन नेपाली,थमन परियार ,राहुल नेपाली,आकाश नेपाली,कमल परियार,निलम सेन्चुरी


