दलितहरुको मांग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कपिलवस्तु – प्रदेश नम्बर २ मा भई रहेको दलितहरुको श्रृंखलाबध्य हत्यालाई बन्द गर्ने मांग राख्दै जिल्ला प्रमुख अधिकारी दीर्घ नारायण पौडेल मार्फ़त प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएका छन । आज बुद्धपद्म विद्यालय देखि कपिलवस्तु जिल्ला प्रशासन कार्यालय सम्म “सरकार न्याय देउ ” इंगित ब्यानर सहित रैली निकालेर ज्ञापनपत्र बुझाइएको छ ।रौतहट जिल्लाका निरंजन राम र विजय रामको हत्यारालाई पहिचान गरि उचित सजाय दिने मांग रहेको संजय निगम ले बताए ।

ऊनि थप्दै भने लकड़ाऊन को अवधि मा प्रदेश २ मा मात्र १४ जना भन्दा युवा बालबालिकाको हत्या भएको घटनाले हरेक नागरिकलाई भयभीत पारेको भन्दै न्यायको अपील गर्दै ज्ञापन पत्र बुझाएको बताउनु भयो ।
दलितहरूको हत्यामा निरन्तरता रहेको कारणले दलित समाजलाई मर्माहत पारेको उनले भने ।
निरंजन राम विजय राम राजू सदा लगायत युवा युवती हरूको हत्या बारे न्याय मागदै रौतहट पर्सा धनुषा मा दलित अगुवाहरुले क्रमबद्व रुपमा आंदोलनरत छन तर सरकार र प्रशासन भने अहिले मौन नै छ ।
उक्त कार्यक्रममा दर्जन भन्दा बढ़ी समाजिक अभियन्ता र नागरिक समाजको अगुवाहरु सहित सर्वसाधारण जनताको समेत सहभागिता थियो । श्रोत-आदिलखबर



