१२ मंसिर २०८३, शुक्रबार

दलित अगुवाहरुद्वारा राजधानीमा प्रदर्शन

एसीपी संवाददाता

२१ फाल्गुन २०७७, शुक्रबार १०:०६ मा प्रकाशित

दलित अगुवाहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।

पश्चिम रुकुमको सोतिमा नवराज विक लगायत ६ जनाको जातिय नसंहारका विरुद्ध न्यायको माग गर्दै शुक्रबार दलित अगुवाहरुले राजधानीमा प्रदर्शन गरेका हुन । सोति घटनाको मुद्दा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतसम्म आइपुग्दासमेत आफुहरुले न्याय नपाएको गुनासो गर्दै  न्यायका लागि आन्दोलन गर्नुपरेको जातिय समता समाजका महासचिव भक्त विश्वकर्माले बताउनुभयो । उहाले सोती घटनालाई राजनीतिकरण गर्ने र दोषीहरुलाई छोड्दैजाने खालका गतिविधि आफुहरुलाई मान्य नहुने चेतावनी दिनुभयो ।

उहाले पीडितलाई न्याय र पीडकलाई हदैसम्मको कारबाही हुनुपर्ने बताउनुभयो । प्रदर्शनमा सहभागिहरुले पीडितलाई न्याय दे, मानव अधिकारको रक्षा गर लेखिएका प्लेकार्ड बोकेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x