दलित आदिवासी-जनजाति पिछडिएका वर्गको अधिकार सुनिश्चित गर
लक्ष्मि थारु कैलाली । कैलाली कैलारी गाउपालिकाको कोहिरी तालमा उत्पीडित समन्वय मंच गौरिगङा कैलालीको बार्सिक उत्सव मनाएको छ । दलितमाथि भइरहेको दमन, अत्याचार भेदभाव विरुद्ध आवाज उठाउनु पर्ने आवश्यकता आएको बताउनु भयो । कार्यक्रममा दलित समुदाय बाक्लो उपस्थिति रहेको थियो ।नेपाल सरकारले तत्काल देशमा विद्यमान दलित बिरोधि मानशिक्ताको बिसयमा कानुन ल्याउने माग गर्नु भयो । उक्त मंचका अधक्ष डि.बि. सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब २०० जनाको नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो । कार्यक्रममा दलित जनजाति पिछडिएको वर्गको हक अधिकार संबिधानमा सुनिश्चित नभए सम्म संबिधान अपुरो रहेको बताए । अहिले सम्म सरकारले हाम्रो हकअधिकार सुनिश्चित नगरे सम्म चुप लागेर बस्न नसक्ने नेताहरूले बताए । कार्यक्रममा थरुहट थारुवानका केन्द्रिय सँयाेजक लक्षमण थारूले थारुहरु नेपालका धरतीपुत्र हुन तर नेपाल सरकार मौन बसिरहेको छ । थारुहरु माथी भइरहेको बिभेदकारि नीति अबिलम्ब खरिज गरिनु पर्ने माग गरे । थारुहरुको नेताकार्यकर्ता लाई जेलमा हाली अनावश्यक मुद्दा चलाइरहेकाले नेपाल सरकार तत्काल ठोस कदम उठाउन अनुरोध गर्दै यदि माग सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने नेताहरूले बताए । खसानका केन्द्रीय उपाध्यक्ष रघुबीर सिह ठगुन्न खस दैलेखका दलित नेता खगेन्द्र सुनुवार, प्रेम बिसि अादिवासि जनजाति महासँघ गाैरिगँगाका अध्यक्ष मान बहादुर तारामी मगर, नर बहादुर विक, कमल विक अादिले मन्तब्य राखेका थिए ।




