१२ असार २०८३, शुक्रबार

दलित युवाको न्यायका लागि मोटरसाइकल र्‍याली

एसीपी संवाददाता

२१ भाद्र २०७७, आईतवार ०७:०२ मा प्रकाशित

पर्साको ग्रामीण भेगमाको आज दलित संघर्ष समिति पर्साले रौतहट गरुडामा भएको दलित युवा हत्याकाण्डको बिरुद्धमा जुलुस गरेका छन् । कालिलामाई गाउँपालिकाको दलित अगुवा जयकुमार पासवानको अध्यक्षता र दलित संघर्ष समिति पर्साका प्रमुख अतिथि लालबिहारी रामको उपस्थितिमा कालिकामाई गाउँपालिका भरी मोटरसाइकल तथा साईकल जूलूस गरि मुडलीमा कोणसभा गरिएको छ ।

र्‍यालीमा सहभागी युवाहरुले गरुडा प्रहरी मुर्दावाद, जाहेरी दर्ता गर, प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोलाई बर्खास्त गर, महतोलाई फासी गर, पिडीतलाई न्याय देउ, मानव अधिकारको रक्षा गर, दलित समुदायमाथि श्रृंखलाबद्ध सांघातिक हमला बन्द गर भन्दै चर्को नाराबाजी गरेको थियो ।

कोणसभामा बोल्दै लाल बिहारी राम ज्युले भन्नू दलितको हत्यालाई हदैसम्म कार्वाही नभएमा हामी गाउँगाउँ बाट आन्दोलन गर्नेछ।
दलित युवा दिपेन्द्र राम ज्युले बिजय रामको हत्या ज्ञान कुमार महतोलाई दलितको जनताको अदालतमा उभिएर कुटपिट गर्नेछौ।

कार्यक्रममा दलित नेता जयकुमार पासवानको अध्यक्षता र प्रमुख अतिथि संयुक्त दलित संघर्ष समितिको अध्यक्ष लाल बिहारी, अतिथि सुब्बा राम, ईकश पासवान , महेन्द्र राम, अम्बिका पासवान , चन्दिरका राम, शम्भु पासवान , हरि पासवान , हरिलाल राम, देवनारायण पासवान , छोटेलाल राम, दिपेन्द्र राम, मुकेश पासवानको उपस्थिति रहेकोे छ। कार्यक्रमको संचालन संयुक्त दलित संघर्ष समिति , पर्साको सचिव मनोज राम ज्युले सहजीकरण गर्नु भएको थियो । श्रोत-दलितखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x