३ श्रावण २०८३, आईतवार
दाङका कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु
दाङका कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ का ४२ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आज विहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । स्वास्थ्यमा समस्या आए पश्चात् मंसिर २ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको कोभिडको आशंकामा त्यसै दिन स्वाब संकलन गरिएको थियो । मंसिर ३ गते उनमा कोरोना पुष्टि भएको थियो । विरामीकोे रोगको प्रकृति अनुसार उपचार गरिएपनि स्वास्थ्यमा सुधार नभएपछि उनको मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो । यो संगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Subscribe
Login
0 Comments


