२३ आश्विन २०८३, शुक्रबार

दाहाल र नेपालले दर्ता गरेको अबिस्वास पत्रको जवाफमा ओलिले हाने छ्क्का

एसीपी संवाददाता

५ पुष २०७७, आईतवार १३:५८ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलो कतिसम्म देखियो भने दुबैले एकाले अर्को पक्षलाई सिध्याउने रणनीति लिएको खुलेको छ ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गराउनुभयो भनेर आलोचना भइरहँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल पक्षले ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गराएको खुलेको हो ।

दाहाल–नेपाल पक्षीय सांसदले विहानै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओलीले पनि संसद भंग गर्नुभएको खुलेको हो ।

संसद् सचिवालय स्रोतका अनुसार बिहानै भीम रावल र पम्फा भुसाललगायतले अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको हो ।

उक्त प्रस्तावमा दाहाल र नेपाल पक्षका ९० भन्दा बढी सांसद रहेको दाबी गरिएको छ । अविश्वासको प्रस्ताव आइतबार साढे १० बजेपछि दर्ता गराइएको हो ।

आफ्नै सांसदले संसद्मा आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको बताइएको छ । ईमेजखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x