दिपावलीको धार्मिक आस्था – आचार्य बलराम हेमकार
रामायणमा उल्लेखित कथा अनुसार भगवान श्रीराम बनवासबाट अयोध्या फर्कदा अयोध्यावासिद्धारा उल्लासमा दीप बालेर रामको स्वागत गरेका थिए । त्यसै पनि आजको अमास्याको रात हुने भएको बत्ति दियो बाल्ने चलन थियो र सोही दिन राजा दशरथको छोरा रामले रावणलाई पराजित गरी आयोध्या फर्किदा खुशीयाली मनाउने परम्पराको बिस्तार भएको धार्मिक मान्यता रहेको आचार्य बलराम हेमकारले बताउनु भयो ।
रावणको वध गरी लंकामा जित हासिल गरेर सीता र लक्ष्मणका साथ १४ बर्ष वनवास पछि अयोध्या आगमनमा प्रजाद्धारा दीपावली गरीएको थियो । त्यहिबाट अंधकारलाई पराजय गरी विजय प्राप्त गरी हरेक वर्ष दिपावली मनाउन थालियो ।
आजै धनवन्तरी प्रकट हुँदा पौराणिक मान्यता अनुसार, सत्ययुगमा पहिलो पटक दीपावली मनाईएको थियो । कार्तिक मासको कृष्ण पक्षको त्रयोदशी तिथिमा समुन्द्र मन्थनको बेला धन्वन्तरी प्रकट भएका थिए । अमृत कलश सहित प्रकट भएका धनवन्तरिको जन्मदिवसका कारण धन्तेरस मनाउन थालियो ।
त्यसपछि धनकी देवी लक्ष्मी प्रकट भइन् उनको स्वागतमा दीपोत्सव गरीयो र यहि परम्परा बस्यो । दीपावलीलाई पाण्डव फर्केको अवसरमा मानिन थालेको समेत कथा छ । कथा अनुसार पाण्डवहरु घर फर्कदा प्रजाले हर्षाेल्लासमा दिपावली मनाएका थिए । पाण्डव पनि वनवासमा थिए,लामो समय वनवासमा रहेका पाण्डव घर फर्कदा खुशीमा दिपावली गरीएको र त्यहिबाट दिपावली मनाउन थालियो ।
लक्ष्मी पुजा,,,,,

यसरी शुरु भएको परम्परा अहिले पनि समाज बिद्यमान रही आएको अधुनिक जमानाको युगमा २१ औं शताब्दीमा झीलिमिली गर्ने बिभिन्न साधनहरु अपनाइने गरिन्छ । यहि क्रममा बाँके लगाएत देश भर ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरि मनाईदैछ । लक्ष्मी पुजाको दिन तिहारमा नेपालगञ्जमा निकै चहलपहल बढेको छ । मानिसहरु फलफुल, मिठाईजन्य खानेकुराहरु पसलमा चहलपहल शुरु भएको छ ।
नेपालगन्जको घरबारीटोल, धम्बोझी, सदरलाइन, त्रिभुवन चोक लगायत अन्य स्थानहरु झिलीमिली बत्तीले सजिएको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । यो दिन विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।


