बेहुली बिनाको बेहुला बनेको छ भैरहवा विमान स्थल ?
रुपन्देही – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले बेहुली बिनाको बेहुला बनेको छ । यहाँ जनता जन्ती जाने भनेर धमाधम नयाँ लुगा जस्तै ठुलो – ठुलो होटेल तयार परेका थिए ब्यापार ब्यवसाय पनि फस्टाउने सपना पनि थियोे तर नेपाल सरकारको बिना तयारी बिना प्लानिङले गर्दा सबै सपना अलपत्र बनेको छ । उक्त विमान स्थलले केही उडान शुरु भएको थियोे तर अब त्यो नियमित नहुने भएकोले झन संकट थपिएको छ । अब यो समस्याको समाधान गर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीले आफै सञ्चालन गराएरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । मुख्यमन्त्रीको यो प्रतिबद्धताले स्थानीय ब्यापारीलाई केही राहत होला कि भन्ने अनुमान गर्न सकिन्छ ।
गुणस्तरहिन भैरहवा बिमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द हुने , ब्यापारी आन्दोलित
बुधबार रुपन्देहीमा आयोजित ‘गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले बिमान स्थल गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । मुख्यमन्त्री चेतनारायणका अनुसार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नेतृत्व प्रदेश सरकारले लिने छ ।
मुख्यमन्त्री आचार्यले श्रमिकको स्वास्थ्य परिक्षण, श्रम स्वीकृति र भिसाका लागि आवश्यक संयन्त्रहरु स्थापना नहुँदा विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसकेको समेत कुरा उल्लेख गर्नु भयो । केहि दिन पहिले सिधार्थनगर पालिका र स्थानीय नागरिक ब्यापारीहरु सडकमा आन्दोलन आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
भैरहवाका व्यवसायीलाई अन्तर्राष्ट्रिय उडान पुनःस्थगन हुने त्रास
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरुमा चार अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गरेका थिए । तर मौसमी अवस्था र यात्रु अभावले नियमित उडान सम्भव नरहेको भन्दै उडान बन्द गरेका थिए । भारतिय सिमानाकाबाट लगभग २ किलोमिटरको दुरीमा बनेको गौतम बुद्ध विमान स्थल शुरु बाट नै बिवादित बन्दै आएको छ ।



