३० श्रावण २०८३, शनिबार

देउवाको शुभकामना सन्देशले काङ्रेशीको छाती भयो ठुलो

एसीपी संवाददाता

१ बैशाख २०७८, बुधबार ०६:४८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

देउवाले बुधबार शुभकामना सन्देश दिँदै २०७७ को वर्ष सम्पूर्ण विश्व नै प्राणघातक कोरोनाभाइरसबाट आक्रान्त रहेका बेला सुस्वास्थ्य र दीर्घायुको कामना गरेका हुन् ।

देउवाले नेपाल पनि कोरोनाबाट प्रभावित हुन पुगेको भन्दै कैयौं नेपाली दाजुभाइले स्वदेश र विदेशमा महामारीका कारण जीवन गुमाउनुका साथै ठूलो संख्यामा नागरिक प्रताडित हुन परेको स्मरण गरेका छन् ।

‘कोभिड—१९ ले आम नागरिकको दैनिक जीवनमा ठूलो असर पु¥याउनुका साथै उद्योग, व्यापार, विद्यालय लगायतका धेरै क्षेत्रहरू नराम्रोसँग प्रभावित भयो’, देउवाले भनेका छन् ।
‘नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षी दलका रुपमा चुनौतीलाई सामना गर्न सरकारलाई सम्पूर्ण रुपले सहयोग ग¥यो’, उनले भने, ‘सरकार कोभिड–१९ को रोकथाम र नियन्त्रणमा असफल र नागरिकका प्रति सर्वथा उदासीन रह्यो ।’

‘यसका वावजुद पनि नेपाली जनताले लकडाउनको पालना गर्दै भौतिक दुरी कायम गरेर उच्च सतर्कता अपनाएर अत्यन्त संयम र एकताका साथ कोभिडविरुद्ध लडिरहे’, देउवाले भनेका छन् ।

सभापति देउवाले भनेका छन्, ‘मुलुकमा फेरि पनि कोभिड—१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी अनिवार्य रुपमा मास्क, सेनिटाइजरको प्रयोग गर्नुका साथै भौतिक दुरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेर लगायतका कार्यक्रम नगरी सुरक्षित रुपमा नयाँ वर्ष मनाउन म सबैलाई आग्रह गर्दछु ।’

‘आम नेपाली नागरिकको सात दशक भन्दा लामो त्याग, तपस्या र वलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलहरूको बीच हार्दिक एकता कायम गर्दै लोकतन्त्रमा आधारित समतामूलक र समृद्ध नेपाल निर्माणमा अगाडि बढ्न हामी सबैका लागि नयाँ वर्ष २०७८ प्रेरणादायी बन्न सकोस् ।’

‘यो वर्ष विश्वले कोभिड—१९ माथि पूर्ण रुपले विजय पाउन सफल हुनेछ भन्ने विश्वासका साथ स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु’, कांग्रेस सभापति देउवाले भनेका छन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x