१ श्रावण २०८३, शुक्रबार

देवपूरा रुपैठाको तेलिया पोखरीमा निर्माण भईरहेको सरंचना प्रतिबंध सम्बन्धी प्रेस विज्ञप्ति

एसीपी संवाददाता

८ पुष २०८१, सोमबार १४:०७ मा प्रकाशित

   प्रेस विज्ञप्ति 


जनकपुरधाम उपमहानगरपालिका वार्ड नं.२०, देवपूरा रुपैठामा स्थित तेलिया पोखरीमा विगतमा साम्प्रदायिक द्वन्द सृजना हुदा नगर प्रमुख, उपप्रमुख, प्रशासन, हिन्दू, मुस्लिमहरुको सर्व पक्षीय बैठक बसी विभिन्न निर्णयहरु गरीएको थियो । उक्त तेलिया पोखरीमा झंडा लगायत कुनै पनि किसिमको ढांचा निर्माण न गरिने र गरीएको पाईएमा कानूनी कार्यवाही गरिने भने सर्व सहमतिबाट सर्वपक्षीय निर्णय गरीएको थियो । तेलिया पोखरी हिन्दूहरुको भएतापनि हामी हिन्दू समाजले सर्वपक्षीय निर्णयको सम्मान गर्दै आएको छौ तर हिजोआज मुस्लिम समुदाय निर्णय विरुद्ध गई जबरन बल प्रयोग गरी राजनैतिक सरंक्षणको आड़मा तेलिया पोखरीमा फेरी माटो भरी सरंचना निर्माण गर्दै पुनः साम्प्रदायिक द्वन्द सृजना गर्ने द्वंदात्मक कार्य गर्दै छ ।

यदि यो द्वंदात्मक कार्य यथाशीघ्र रोकीएन भने विगत हौ फेरी धार्मिक द्वन्द सृजना भई धन जनको क्षति हुन सक्छ जस्को जिमेवार मुस्लिम समुदाय लगायत यंहाको सरोकारवाला हुनेछ । मुस्लिम समुदायले तेलिया पोखरीमा गरीरहेको सरंचना निर्माणको कड़ा चेतावनीको साथ घोर विरोध गर्दछौ। यदि सरंचना निर्माण यथाशीघ्र रोकीएन भने हामी आफ्नो हकहित र न्यायकोलागि आंदोलन गर्दै सड़कमा उतरीनेछौ र हुन जाने सम्पूर्ण क्षतिको जिमेवार सरोकारवाला हुनेछ तसर्थ यथाशीघ्र सरंचना निर्माणमा प्रतिबंध लगाई समाजमा शान्ति सुरक्षा स्थापित गर्न र विगतमा भएको सर्वपक्षीय निर्णय बहाली गराउन यंहा संग हार्दिक अनुरोध गर्दछौ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x