१ श्रावण २०८३, शुक्रबार

देशमा कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुग्यो

एसीपी संवाददाता

१ आश्विन २०७७, बिहीबार ११:१० मा प्रकाशित

नेपालमा बिहीबार थप १२४६ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४२८ महिला र ८१८ पुरुष गरि थप १२४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५९५७३ पुगेको छ ।

बिहीबार काठमाडौं उपत्यकामा ६१८ जनामा कोरोना देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १६४ महिला र ३४३ पुरुष गरि ५०७ , भक्तपुरमा २९ पुरुष र २१ महिला गरि ५० जना र ललितपुरमा ३१ महिला र ३० पुरुष गरि ६१ जना संक्रमित भेटिएको हो ।

त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनको संख्या ३८३ पुगेको छ । बिहीबार १२४३ जना निको भएका छन् । यो संगै हालसम्म ४२९४९ जना डिष्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको १६,२४१ संख्या रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
हाल क्वारेन्टाइनमा ७, ८८३ जना छन् । त्यसतै होम आइशोलेशनमा ८३३८ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ७९०३ जना रहेका छन् । हालसम्म ७ लाख ८२ हजार ९१५ वटा पिसिआर परिक्षण भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x