देशमा भ्रष्टाचारि खोज्न कहि जानू पर्दैन सिंह दरबार छिरे हुन्छ-गगन
नेपाली काँग्रेसका नेता गगन थापाले वर्तमान सरकार तथा मन्त्रीहरुको कडा आलोचना गरेका छन्।
सोमबार धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनी ओली सरकारविरुद्ध खनिएका हुन्। उनले वर्तमान सरकार शासन गर्ने वैधता समेत गुमाएको आरोप लगाएका छन्।
संघीयता कार्यान्वयनको लागि ठूलो अवसर वर्तमान कम्युनिष्ट सरकारले पाएपनि ऊ भ्रष्टाचारमा लिप्ट भएकोे उनको भनाइ थियो। उनले भने,‘भ्रष्टाचारी खोज्न कहीँ जानुपर्दैन, बालुवाटार गए पुग्छ। सिंहदरबार गए पुुग्छ ।’
त्यस्तै उनले वर्तमान सरकार अपराधलाई संरक्षण गरिरहेको समेत बताए। उनले निर्मला पन्तदेखि निर्जला चौधरीलाई बलात्कार गर्ने, हत्या गर्नेलाई संरक्षण गर्नेमा सरकारका गृहमन्त्री रहेको नेता थापाको भनाइ छ।
यसैबीच पूर्व मन्त्री समेत रहेका थापाले लाचार र निरीह मुख्यमन्त्रीका कारण सुदूर पश्चिमका जनताले दुःख पाएको बताए।
मुख्यमन्त्रीको लाचारी र निरिहताका कारण सुदूर पश्चिमका जनताको परिवतर्नन र विकासको अपेक्षा पुरा नभएको नेता थापाको आरोप थियो।
‘सुदूरपश्चिममा लेखराज भट्ट र भीम रावलको पहलमा सेनिटाईजर बाडियो भनेर समाचार आउछ। प्रदेश सरकारले के गर्यो ?’ उनले अगाडि भने, ‘यो प्रदेशको मुख्यमन्त्रीले संघीयताको भारी बोक्न सकेनन्। त्यसको भारी संघीयतालाई नबोकाउ, प्रधानमन्त्री र नेकपालाई बोकाउ ।’
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई महारानी सम्झिन थालेको भन्दै आलोचना गरे । राष्ट्रपति भण्डारीले राष्ट्रपतिको मर्यादा र गरिमा जोगाउन नसकेको उनको आरोप थियो। दिनेशखबर बाट


