१२ मंसिर २०८३, शुक्रबार

देश बिकास लागि ताजा जनादेश आवश्यक – प्रधानमन्त्री ओलि

एसीपी संवाददाता

२ फाल्गुन २०७७, आईतवार ०५:४० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई बिकासको बाटोमा अघि बढाउन खोज्दा आफुलाई पार्टीभित्रैबाटै अवरोध भएकाले ताजा जनादेशमा जाने निर्णय गरिएको बताउनुभएको छ ।

बुटवलमा आयोजित नेकपाको ओली पक्षको सभामा ओलीले  देश बनाउने आफ्नो उदेश्यसँग नमिलेका, समृद्धिको सपना नदेख्ने र अरुले देखे पनि पूरा गर्न नदिने तत्वहरू सरकार र पार्टीबाट बाहिरिएर सडकमा डम्फु बजाइरहेको समेत बताउनुभयो ।

उहाले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको भन्दै अदालतले देशलाई अस्थिरतामा लैजाने काम नगर्ने तर्क गर्नुभयो । ओलीले प्रचण्ड–नेपाल पक्षलार्ई सभामा नभइ चुनावमा प्रतिष्पर्धा गर्न चूनौती दिनुभयो ।  

हिजो प्रचण्डले युवाहरुलाई शहीदको पंक्तिमा लाम लाग्न सिकाएको भन्दै उहाले त्यसलाई सत्तामा पुग्ने भ¥याङ बनाइएको पनि बताउनुभयो ।  प्रधानमन्त्री ओलीले तीन वर्षको अवधिमा सरकारले असाधारण विकासका काम अगाडि सारेको उल्लेख गर्दै विकास देख्न नचाहने तत्व अत्तालिएको धारणा राख्नुभयो । उहाले आगामी तीन गते सिंहदरबारबाट जनताको कामकारवाहीको बारेमा जानकारी दिनुभयो ।

उहाले आफू प्रधानमन्त्री भएपछि नेपाल विश्वमाझ चिनिन र सुनिन थालेको भन्दै राष्ट्र, राष्ट्रियता र स्वाभिमानका सवालमा आफू कसैसामु कहिल्यै नझुक्ने तर्क गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x