१३ आश्विन २०८३, मंगलवार

द्धन्द्धकालमा तत्कालीन माओवादीद्धारा शिक्षक मुक्तिनाथ अधिकारीका परिवार १९ वर्षसम्म पनि न्याय पाएको गुनासो

एसीपी संवाददाता

४ माघ २०७७, आईतवार ०९:४४ मा प्रकाशित

सशस्त्र द्वन्द्वकालका तत्कालीन माओवादीद्वारा हत्या गरिएका लमजुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीका परिवारले हत्या भएको १९ वर्षसम्म पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् ।

शिक्षक स्व. मुक्तिनाथ अधिकारीको १९औँ स्मृति दिवसका अवसरमा आज एम्नेष्टी इन्टरनेशलन र मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानले सशस्त्र द्वन्द्वकालका गम्भीर मानवअधिकार उलङ्घनका पीडितलाई सरकारले न्याय दिलाउन जवाफदेहिता नदेखाएको भन्दै खबरदारी गरेको हो ।

कार्यक्रममा स्व. अधिकारीका छोरा सुमन अधिकारीले राज्यका सबै निकाय, राजनीतिक दल, आयोग सबै ठाउँमा पुगिसक्दा पनि आफूहरुले न्याय पाउन नसकेको गुनासो गरे । राज्यले पीडितको पीडामाथि फुटबल खेल्ने काम गरेको उनको भनाइ थियो ।

सशस्त्र द्वन्द्वकालमा गम्भीर मानवअधिकार उल्लङ्घनका पीडितलाई न्याय दिन तथा पीडकलाई कारबाही गर्न भनी सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको भए पनि आयोगले न्याय दिन नसकेको उनको गुनासो छ ।

पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापकसमेत रहेका अधिकारीको विसं २०५८ माघ ३ गते आजकै दिन हत्या गरिएको थियो । विद्यालयमा संस्कृत भाषा पढाएको भन्दै माओवादीले उनको हत्या गरेका थिए । पहरानेपालबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x