१२ मंसिर २०८३, शुक्रबार

धरहरा निर्माण संतोषजनक

एसीपी संवाददाता

३० माघ २०७७, शुक्रबार ०४:२४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयसिमाभित्रै धरहराको पुनर्निमाण हुने विश्वास व्यक्त गर्नुभएको छ ।

बिहीबार निर्माणधिन धरहराको अवलोकन भ्रमण गदैं प्रधानमन्त्री ओलीले धरहरा निर्माण समयमा नै हुने विश्वास व्यक्त गर्नुभएको हो ।

अवलोकनका क्रममा उहाले धरहराको निर्माण कार्य सन्तोषजनक रहेको बताउनुभयो । उहाले धरहराको तल्लो भागको निर्माणको योजनाका बारेमा पनि जानकारी लिनुभएको थियो ।

त्यस्तैै उहाले धरहरालाई ऐतिहासिक स्थल बनाउनका लागि जोड दिनुभएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार हालसम्म धरहराको २१ तल्लाको निर्माण सकिएको छ भने बाँकी दुई तल्ला पनि चैत्र महिनाभित्र सम्पन्न हुनेछन् । उहाले सर्वसाधारणलाई २० औं तल्लाबाट भ्यु हेर्न पाउने व्यवस्था गरिने बताउनुभयो । अन्य निर्माणका कार्य पनि तिव्र ढंगले अघि बढेको उहाले बताउनुभयो ।

त्यसअघि बिहीबार नै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थीत प्रधानमन्त्री कार्यालयको पनि अवलोकन गर्नुभयो । बिनासकारी भूकम्पले प्रधानमन्त्री कार्यालयमा निकै असर परेको थियो । हाल उक्त कार्यालयको निर्माण सकिएको र फाल्गुन ३ गते उद्घाटन गरिने ज्ञवालीले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x