१ श्रावण २०८३, शुक्रबार

धर्म यात्रा अभियानले सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो बनाउछ:- पूर्व अध्यक्ष पाण्डेय

एसीपी संवाददाता

१७ कार्तिक २०८१, शनिबार २०:२६ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु कार्तिक १७

कपिलवस्तु तथा रूपन्देही जिल्लाका युवा हरू धर्म जागरण अभियान लाई तिब्रता दिएका छन्। केही दिन अगाडि बाट जारी गरिएको अभियानले परासीको त्रिवेणी धाम र भारतको अयोध्या सम्म धर्म यात्रा अभियान सम्पन्न भएको छ। तथा अब उपरान्त भारतको मध्यप्रदेश सम्माको यात्रा हुने उपरांत जनकपुरको यात्रा हुने धर्म यात्रा अभियानक अगुवा अनिल तिवारीले बताएका छन्।

सोही क्रममा आज भारतको उत्तर प्रदेशको‌ सिद्धार्थनगर जिल्लाको मुडिलामा अनिल तिवारी नेतृत्वको टीमलाई एक कार्यक्रम गरि हौसला प्रदान गरिएको छ।

कार्यक्रमका अध्यक्ष बढ्नीका पूर्व चेयरमैन राम नरेश उपाध्याय, प्रमुख अतिथिमा उत्तर प्रदेशका पूर्व विधानसभा अध्यक्ष तथा विपक्षी दलका नेता माता प्रसाद पाण्डेय, विशिष्ट अतिथिमा नेपाल सरकारका पूर्व मंत्री ईश्वर दयाल मिश्र, पूर्व राष्ट्रीय सभा सदस्य दिर्घ नरायण पाण्डेय, अतिथिमा राधा रमण तिवारी, रवि दत्त मिश्र लगायत रहेका थिए।

कार्यक्रममा बोल्दै धर्म यात्रा अभियानका संयोजक अनिल तिवरीले हाम्रो साथ र हौसला बढाउन सम्पूर्ण सनातनी लाई अनुरोध गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेयले म बाट हुने हरेक सहयोग गर्न तयार रहेको बताउदै उत्तर प्रदेशका मुख्यमंत्री संग समेत सहयोग गर्न आग्रह गर्ने बताउदै। धर्मको नाममा राजनीति न गरेर हामीले नेपाल भारतको सामाजिक, सांस्कृतिक सम्बन्ध अझ बलियो बनाउनु पर्ने बताए।

कार्यक्रममा बोल्दै पूर्व मंत्री मिश्रले धर्मयात्रा अभियान सफलताको कामना गर्दै आफूबाट हुने सहयोग गर्ने बताउदै
नेपाल भारतको सम्बन्ध सदियौं देखि चलिआएको बताए।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष पाण्डेयले यात्रा अभियानमा लाग्ने खर्च नसकेको मैले दिने बताउदै धर्म यत्रा उदाहरणीय रहेको बताए।

कार्यक्रममा उपस्थित सम्पूर्णले नेपाल भारत धर्म यात्रा सराहनीय रहेको बताएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x