३० श्रावण २०८३, शनिबार
धोनीको चेन्नई बिजयी
महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई सुपर किंग्सले जित हात पारेको छ ।
१४औं संस्करणमा पहिलो जित हात पार्ने क्रममा चेन्नाईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।
मुम्बईस्थित वाङखडे स्टेडियममा भएको खेलमा पञ्जाबले दिएको १०७ रनको लक्ष्य चेन्नाईले १५.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । चेन्नाईका लागि मोइन अलीले सर्वाधिक ४७ रन बनाए । उनले ३१ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे ।
Subscribe
Login
0 Comments


