१२ मंसिर २०८३, शुक्रबार

नामको लागि जम्मा ७ कन्टेनर आयो चीनबाट

एसीपी संवाददाता

२१ फाल्गुन २०७७, शुक्रबार १०:१६ मा प्रकाशित

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी सञ्चालनमा आएसँगै सात कन्टेनर चिनियाँ सामान सिगात्सेबाट रसुवागढी आएको छ । ल्होसारका कारण गएको माघ २९ गतेदेखि बन्द रहेको नाका आजदेखि पुनः सञ्चालनमा आएको हो ।

६ कन्टेनर रेडिमेड र एक कन्टेनर जलविद्युत् आयोजनाका सामग्री नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । चिनियाँ एउटा गाडीमा आएको सामान नेपाली दुईवटा गाडीमा लोड भइरहेको उनले बताए ।

यसअघि सिगात्सेबाट केरुङमा र केरुङबाट रसुवागढीसम्म सामान ल्याउन व्यवसायीहरू चर्को मूल्य तिर्न बाध्य थिए । अहिले सीधै सिगात्सेबाट रसुवागढीसम्म सामान आउँदा ढुवानी मूल्यमा कम हुने बताइएको छ ।

ल्होसारका समयमा विगतका वर्षहरूमा पनि नाकाबाट आयात ठप्प हुने गरेको थियो । ल्होसार सकिएसँगै नाकाबाट नियमित आयात हुने भए पनि यो वर्ष ल्होसार सकिएको लामो समय हुँदासमेत नाकाबाट आयात हुन सकेको थिएन । नयाँ पत्रिकामार्फत

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x