३२ असार २०८३, बिहीबार
नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनाग्रस्त
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चट्टाने भीर (दुईकिलो) भन्ने ठाउँमा एउटा मोटरसाइकल दुर्घटनामा परेको छ । बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।
बिहान ११ बजेर ५५ मिनेटको समयमा चितवन ईच्छाकामना गाउँपालिका–५ मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोला भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो । उक्त मोटरसाइकलमा सवार एक व्यक्ति त्रिशूली नदीमा खसेको स्थानीयले बताएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ ।
Subscribe
Login
0 Comments



