नारायणगढ- बुटवल सडक निर्धारित समयमा काम गर्न नसके ठेक्का रद्द हुनुपर्छ
नारायणगढ- बुटवल सडक निर्धारित समयमा सम्पन्न हुनुपर्छ । अब म्याद थप्न पाईँदैन । भन्दै नेपाली काङ्ग्रेसका सासद बिनोद चौधरी ले कुरा राखेका छन। नवलपरासीवासीका जनताले धेरै दुःख पाईसके अब यो अन्याय रोकिनु पर्छ म त्यहीँको जनप्रतिनिधि भएकोले त्यहाका जनताको दु:ख मेटाउनु पर्छ । सडक निर्माणकार्यमा जो दोसी खोज्नु पर्छ । अब चाहे त्यो ठेकेदार होस या सरकारी निकाय अब म्याद थपिने काम न होस । अब पनि म्याद थपेर चुनौ उपलब्धि हुने छैन सासद चौधरीले भन्नू भयो । आज माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री र चिनियाँ ठेकेदार, माननीय सांसदहरू, नवलपरासीका स्थानिय निकायका प्रमुखहरू र प्रोजेक्ट हेडहरू समेतको बैठकको संयोजन मेरो राजनीतिक सचिवालयमार्फत गरि सिंहदरबारमा गम्भिर छलफल भएको हो । ठेकेदारले अब पनि यो वा त्यो वहानामा ढिलाई गर्ने काम गरेमा ठेक्का तोड्नेसम्मको निर्णय लिन नेपाल सरकारलाई भनिएको छ । नेपाल सरकारले चिनियाँ ठेकेदारलाई हद सम्म म्याद थपिदै रकम थप्दै आएकोले अब उपरान्त यो प्रक्रिया रोकियोस जनताले भनेका छन । चाहे जुन सुकै देशको काम गर्ने कम्पनी हो व ठेकेदार हो काम गर्न सक्दैनन भने नेपाल सरकारले ठेक्का तोडनु पर्छ ।


