९ कार्तिक २०८३, आईतवार

नि:शुल्क स्वास्थ्य शिविर तथा खाद्यान्न वितरण कार्यक्रम ।

एसीपी संवाददाता

७ फाल्गुन २०८०, सोमबार १८:५५ मा प्रकाशित

नेपालग्न्ज –  नेपाल प्रहरी श्रीमती संघ, लुम्बिनी प्रदेश दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बर्दियाको सहकार्य एवं स्वास्थ्य कार्यालय बर्दिया र बर्दिया अस्पताल गुलरियाको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय बर्दियाको परिसरमा आज सोमबार प्रहरी कर्मचारी, प्रहरी परिवार र पुर्व प्रहरी कर्मचारीहरुको लागी नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । 
नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाण्डौकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूको प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायब महानिरीक्षक कुबेर कडायत तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी अध्यक्ष श्रीमती निलम कडायत लगायत अन्य विशिष्ट अतिथिहरुको सहभागितामा सम्पन्न उक्त स्वास्थ्य शिविरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ, कोहलपुर डेण्टल अस्पतालका दाँत रोग विशेषज्ञ, भेरी अस्पतालका छाला रोग विशेषज्ञ, बर्दिया अस्पतालका स्त्री रोग विशेषज्ञ तथा जनरल फिजिशियन र बर्दिया आँखा अस्पताल बर्दियाका आँखा रोग बिशेषज्ञ डाक्टरहरु द्वारा १६२ जना प्रहरी कर्मचारी तथा ५२ जना प्रहरी परिवार र पुर्व प्रहरी कर्मचारी गरी जम्मा २१४ जनाको नि:शुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै औषधी समेत वितरण गरिएको थियो । 
शिविरको उद्‍घाटन कार्यक्रममा बोल्नुहुदै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुवरले आफ्नो ब्यक्तिगत, पारिवारिक समय नभनि चौविसै घण्टा डिउटीमा खटिनु पर्ने दायित्व भएकोले प्रहरी कर्मचारी स्वयंले आफ्नो स्वास्थ्य प्रति ख्याल राख्न समय समेत नपाएको र ढिला गरि थाहा हुँदा आफ्नो स्वास्थ्य स्थिती बिग्रि सकेको हुनाले समयमा आफ्नो स्वास्थ्य प्रति सचेत गराउने उदेश्यले यो स्वास्थ्य शिविर संचालन गरिएको बताउनुभएको थियो ।
सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा र जिल्ला प्रहरी कार्यालय बर्दियाको सहकार्यमा जिल्ला बर्दिया बढैयाताल गाउँपालिका-०८ पशुपतिबजार स्थित पशुपति शान्ति शिवालय सुदामा बृद्ध सत्संग समुह बृद्ध आश्रममा रहेका बृद्ध बृद्धाहरुलाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले दैनिक उपभोग्य खाद्यान साम्राग्रीहरु तथा फलफुल समेत वितरण गर्नुभएको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x