१६ आश्विन २०८३, शुक्रबार

निषेधाज्ञा लम्विदै जाँदा उलंघन गर्नेको संख्या बढदै

एसीपी संवाददाता

२३ भाद्र २०७७, मंगलवार १७:४३ मा प्रकाशित

कोरोना संक्रमित बढ्दै गएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा लम्विदै जाँदा उलंघन गर्नेको संख्या बढेको छ ।

https://www.youtube.com/watch?v=ibhiiHLnxR4

निधेषाज्ञामा सरकारले तोकेको सेवा र अत्यावश्येक बाहेकका सवारी सञ्चालनका सवारीमात्र सञ्चालन गर्न पाउने भएपछि अन्य नीजि सवारी पनि निर्वाध गुडेका छन् । सरकारले तोकेभन्दा अन्य क्षेत्रका सवारी साधान सञ्चालन भएपछि ट्राफिक प्रहरीले मंगलबार बिहानै सय भन्दा बढि साधान नियन्त्रणमा लिएको थियो । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गत बुधबार राति १२ बजेबाट लागू हुने गरी एक साताका लागि निषेधाज्ञा थप गरिएको हो ।

उपत्यकामा सिमित समयमा मात्र खाद्यान्न, फलफूल, तरकारीलगायत अत्यावश्यक सेवाका व्यवसाययहरु सञ्चालन गर्न पाइने व्यवस्था छ , त्यस्तै, विकास निर्माणसँग सम्बन्धित पसल दिउँसोमात्र सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।

उपत्यकामा आर्थिक, सामाजिक तथा व्यक्तिगत जिवनलाइ सहज बनाउन निषेधाज्ञा खुकुलो बनाउँदै बनाउदै लैजाने तयारी सरकारको छ । उपत्यकामा लगाएको निषेधाज्ञा बुधबार सकिँदै छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x