२ श्रावण २०८३, शनिबार

नेकपाको शपथ ग्रहणमा कुटाकुट एक जनाको मृत्यु

एसीपी संवाददाता

८ कार्तिक २०७७, शनिबार ०५:०३ मा प्रकाशित

फाइल।

पर्सामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान विन्दबासिनी गाउँपालिका-५ का नेकपा गाउँपालिका कमिटीका सचिव मुकेश चौरासियाको मृत्यु भएको हो।

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार उपचारका क्रममा चौरासियाको न्युरो अस्पतालमा मृत्यु भएको हो।

बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा झडप भएको थियो। एक पक्षलाई नबोलाएको भन्दै पार्टीकै कार्यकर्ताबीच झडप भएको थियो। उक्त झडपमा आठ जना घाइते थिए।

त्यसमध्ये चौरासिया गम्भीर घाइते भएका थिए।

यस घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक पन्तले जानकारी दिइन्।

‘एक जनाले हानेर उनको मृत्यु भएको त होइन। दुईपक्षबीच झडप हुँदा घाइते भएर उनको मृत्यु भएको हो,’उनले भनिन्,’अनुसन्धान हुन्छ। कोही दोषी देखिए कारबाही हुन्छ।’सेतोपाटी 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x