२३ आश्विन २०८३, शुक्रबार

नेकपा बिवाद स्थायी कमिटीमा लैजाने निर्णय

एसीपी संवाददाता

२० मंसिर २०७७, शनिबार १२:२९ मा प्रकाशित

सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेका प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गर्ने निर्णय गरेको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने त्यहींबाट पार्टीमा देखिएको संकट समाधान गरिने बताए । प्रवक्ता श्रेष्ठका अनुसार आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने भएको छ ।
नेकपा बैठकमा कात्तिक २८ मा दाहालद्वारा प्रस्तुत १९ पृष्ठ प्रस्ताव र त्यसको जवाफमा ओलीले मंसिर १३ मा प्रस्तुत गरेको ३८ पृष्ठ लामो प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएको हो ।

ओलीले दाहालको प्रस्ताव आरोपपत्र भएको भन्दै फिर्ता लिनुपर्ने अडान राखेका छन् । तर, सचिवालयका बहुमत सदस्यले दुवै प्रस्ताव छलफलमा गइसकेको बताएका छन् । दुवै प्रस्ताव थाती राखेर साझा प्रस्ताव बनाउने ओली समूहको प्रस्ताव दाहाल–नेपाल समूहले अस्वीकार गरेको थियो । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x